
आवरणमा लुकेको अमेरिका

google image
रिपोर्टर – नेपाल न्युज लिंक
१७ चैत,२०७८
संयुक्त राज्य अमेरिकामा खान लगाउन नपाइ सडकमा मागेर जीवन निर्वाह गर्नेको संख्या कोरोना महामारी पछि झन् बढेको छ। जसको असर बिशेष गरी आप्रबासी माथि परेको बुझिएको छ।
संयुक्त राज्य अमेरिकामा २०१७ को तथ्यांक अनुसार खान लगाउन नपाइ सडकमा मागेर जीवन निर्वाह गर्नेको संख्या ५,५३,७४२ र कोरोना महामारी पछि हाल २०२१ मा ६ लाख पुगेको अनुमान गरिएको छ। खान, लगाउन नपाइ सडकमा मागेर जीवन निर्वाह गरिरहेका घरबार बिहीन ( Homeless) नामकरण गरिएका उनीहरु लागु पदार्थ सेबन,पारिवारिक अबहेलना,अपराधमा संलग्न भै काम पाउन नसक्नु, बिगतमा राज्यलाई कर तिरेर काम गर्न नसक्दा राज्यबाट सुबिधा नपाउनु,राज्यले दिएको सिमित रकम अनि खानाले नपुगेर सडकमा बस्न बाध्य छन। यस्ता ब्याक्तिहरुले सार्बजनिक स्थल,पार्क,बस ट्रेन स्टेशन,सपिंग मल नजिक दुर्गन्ध फैलाउनको साथै साना ब्यबसायीलाई हैरानी दिने कार्य गरेका छन् ।
चुरोट,मादक पदार्थ,लागु पदार्थ अत्याधिक सेवन गर्ने व्यक्तिहरु धेरै भएका कारण लुटपाटका घटना हुने भएकोले अधिकांस शहरहरुमा सुरक्षा व्यवस्था मिलाउन नसक्ने ब्यबसायीले झ्याल ढोका बन्द गरी सानो प्वाल बाट कारोबार गर्नु पर्ने अवस्था रहेको छ। साबधानी अपनाउदा पनि दिनहु हत्या,लुटपाटका घटना भैरहेका हुन्छन। बाहिर शक्तिशाली राष्ट्र कहलिए पनि राज्य संयन्त्र नागरिक, ब्यबसायी प्रति उदाशीन देखिएको ” काम गर, कर तिर. खाऊ,बस ” को अवस्था रहेको त्यो गर्न नसक्ने घरबार बिहीन ( Homeless) बन्नुपर्ने बाध्यता रहेको आप्रबासीहरुको गुनासो रहेको छ।
