रिपोर्टर – नेपाल न्युज लिंक
३ कार्तिक २०८१
सुर्यदर्शन सहकारीको रकम अपचलन मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले भोली आईतवार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालय बनस्थली काठमाण्डौबाट गत शुक्रवार पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डौ, कास्की लगायत देशका विभिन्न भागमा प्रदर्शन गरेको छ भने अगामी दिनमा प्रदर्शन जारी रहने बताईएको छ ।
