रिपोर्टर – नेपाल न्युज लिंक
२१ असोज २०८१
संस्था स्थापनाको छोटो समयमा नै सामाजिक कार्यक्रम लिईअधिराज्यभर पुग्न सफल क्लब १०२ ले गत शनिवार काठमाण्डौमा वडा दशै, दिपावली र छठ पर्वको उपलक्षमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
क्लब १०२ का अध्यक्षअमर बहादुर कार्कीको अध्यक्षतामा संचालित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
क्लबले अगामी दिनमा गर्ने कार्यक्रम तथा विविध विषयमा उपस्थित सदस्यहरु बाट सुझाव लिई अगामी दिनमा गर्ने कार्यक्रमका सम्वन्धमा समेत विभिन्न निर्णय गरेको थियो ।
