रिपोर्टर – नेपाल न्युज लिंक
१२ चेत २०८१
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हिजो सोमवार पदबाट हटाउने निर्णय गरेको विरोधमा आज काठमाण्डौंमा दिनभर प्रदर्शनहरु भएका छन् ।
काठमाण्डौंको माईतिघर मण्डला बबरमहल क्षेत्रमा प्लेकार्ड नारा सहित जुलुस प्रदर्शन भएको थियो । स्वस्फूर्त रुपमा उपस्थित प्रदर्शनकारी मध्ये एक दर्जनलाई निषेधित क्षेत्र तोडेको भन्दै काठमाण्डौं प्रहरीले पक्राउ गरेको छ । जनताबाट आलोचित बर्तमान सरकारको यस्ता निर्णयले राजावादी आन्दोलनलाई बल पुग्ने बुद्धिजिवीहरुको भनाई रहेको छ ।
