रिपोर्टर – नेपाल न्युज लिंक
२७ चैत्र २०८०

काठमाण्डौको गोंगबुमा गत सोमबार सामाजिक सस्था क्लब १०२ ले विभिन्न कार्यक्रम गरी आफ्नो बार्षिकोत्सब मनाएको छ।
बार्षिकोत्सब मनाउने क्रममा चियापान,सदस्यहरुलाई क्लब १०२ को जर्सी वितरण,नवबर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गर्नाको साथै गोगंबु स्थित हिमालय वृद्धा अश्राम केन्द्रमा रहेका ५० जनालाई क्लबको तर्फवाट विहानको खानाको ब्यबस्था गरिएको थियो। प्रहरी अधिकृत १०२ ब्याचको पूर्व प्रहरी अधिकृतहरु सदस्य रहेको उक्त क्लबले सेवा प्रवेश गरेको दिन चैत्र २६ गतेका दिन बार्षिकोत्सब मनाउने क्रममा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।
क्लबले शुरु गरेको सामाजिक सेवाको प्रशंसा गर्दै विगतमा आफ्नो संस्थालाई प्रहरी वाट सहयोग प्राप्त भएको आगामी दिनमा सहयोग प्राप्त हुने विश्वास लिएको केन्द्रकी अध्यक्ष सरला पन्थीले बताउनु भयो। क्लवका अध्यक्ष अमर बहादुर कार्कीका अनुसार क्लवले आगामी बैशाख १ गते काठमाडौँ को गोकर्णमा नवबर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *