photo from Priyanka instagram

नेपाल न्युज लिंक रिपोर्टर
माघ ९ ,२०७८

चर्चित अभिनेत्री प्रियंका चोपडा सेरोगेसी बाट आमा बनेकी छन्। यो खबर सामाजिक संजाल इस्टाग्राममा सेयर गर्दै “हामी सेरोगेसी मार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौ भन्ने जानकारी गराउन पाउदा निकै खुसि लागेको छ” लेखेकी छन्। साथै हामी यस विशेष अबसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदर पूर्बक अनुरोध गर्दछौ किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रुपमा केन्द्रित छौ,सबैलाई धन्यबाद लेखेकी छन्। अमेरिकी गायक निक जोनस संग 2018 मा बिबाह गरेकी प्रियंका अमेरिका बस्दै आएकी थिइन्।
आधुनिकताको विकाश संगै सेरोगेसिको चलन बढ्दै गैरहेको छ। अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रक्रियालाई सेरोगेसी भनिन्छ।यसका लागि आफ्नो वा डोनरको एग्सक माध्यम बाट अरुको लागि गर्भवती हुन्छन। बच्चा जन्मे पछि बच्चा संग त्यो आमाको कुनै भूमिका हुदैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *