नेपाल न्युज लिंक रिपोर्टर
माघ २४ ,२०७८
- बास्तविक जग्गा धनीलाई भेटेर कुरा अघि वढाउनु होस्। दलालले हक भोग नभएकोलाई नक्कली जग्गा धनी खडा गर्न सक्छन।
- मालपोतमा गइ जग्गाको अभिलेख हेर्ने।जग्गा धनीको नागरिकताको प्रतिलिपि अनि पुर्जाको फोटोकपी लगेर जग्गाको मोठ,स्रेस्ता, पाना नम्बर,कित्ता नम्बर,जग्गा धनीको फोटो,तीनपुस्ते बिवरण मालपोत कार्यालयमा देखाएर रुजु गराउन सकिन्छ।
- जग्गा रोक्का रहेको नरहेको हेर्ने। मुद्धा मामिला आर्थिक कारोबारमा जग्गा रोक्का गरेको हुन सक्छ हेर्ने।
- नक्सा र फिल्डको आकार मिल्छ मिल्दैन हेर्ने। फिल्डमा कम जग्गा भएर नक्सामा घटी बढी भएको हुन सक्छ,नक्सा अनुसार फिल्ड मा भएको जग्गाको मात्र पैसा तिर्नु पर्छ।
- जग्गा किन्ने एरियामा ढल,खानेपानी सुविधा, ब्यबसाय गर्न नजिक,शान्त वातावरण,स्कूल कलेज, बजार, यातायात,सुरक्षा सबैलाई ख्याल गरेर मुल्यांकन गर्ने।
- नक्सा र फिल्ड मा बाटो तोकिएको ठाउमा छ कि छैन,बाटोको नाप मिलेको छ कि छैन हेर्ने।
- जग्गाको प्रकृति अनि यसको मोहीको बारेमा बुझ्ने। कतिपय गुठीको नाम समेत उल्लेख भएको जग्गा पनि किन बेच भएका हुन्छन। यसको मुल्यांकन फरक हुनसक्छ। मोही भएको जग्गालाई उनीहरुको भागबन्डा मिलाएर मात्र किन्नु पर्छ।
- नगर पालिकाको घर बाटोको सिफारिस, नापी बाट जग्गाको हालैको नक्सा सहित अनुभवी अमिनको सहयोग लिनु पर्छ।
- नगर विकाश, सडक परियोजना, हाईटेनसन लाईन आदि परेको हुन सक्छन सधियार, नगर पालिका नगर विकाश सडक परियोजना आदि संग समन्यव गर्ने।
- बैना बट्टाको कागज हालको नयां नियम अनुसार सम्बन्धीय निकायबाट प्रमाणित गराउने। सर्त अनुसार जग्गा पास गरि लिने दिने।
- सधियारहरुको बारेमा पनि बुझ्नु पर्छ।जग्गा धनीलाई नक्सा अनुसार सिमांकन गरि एकिन गर्न लगाउनु पर्छ।
- लिखतमा एकाघरका सदस्यलाई साक्षी राख्न लगाउने।
- सुरक्षित कारोबार गर्ने।
