रिपोर्टर – नेपाल न्युज लिंक
२५ साउन २०८१
गत केही दिनदेखी परेको वर्षाको भेलले बिहीबार साँझ राजधानीको महेन्द्र सालीक – कृष्ण पाउरोटी सडकमा पर्ने टुकुचा खोला माथिको स्ल्याब भत्किन गई सडक अबरुद्ध भएको छ ।
डिभिजन सडक कार्यालय काठमाडौंको जिम्मेवारीमा रहेको उक्त सडकमा करिब ५ मिटरभन्दा गहीरो र करिब १० मिटर फराकिलो भ्वाङ परेकाले कुनैपनि किसिमका सवारी साधन ओहोर दोहोर गर्न सक्ने अबस्था छैन । शुक्रवार दिनभरी दरवारमार्ग कमलादी एरिया सवारी जाम भै सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । टुकुचा खोलामा ईटाको वाल लगाई स्ल्याव राखेर सवारी साधन सन्चालन भएको तथा पछि पटक पटक सडक बनाउदा त्यसैमाथि पिच गर्ने गरेको तर तलको अबस्था बारे सडक विभागले ध्यान नदिदा धेरै दिनदेखिको पानीको बहावले वाल भत्किन गई सडकको स्ल्याव भत्किन गएको देखिन्छ ।
पुल जग देखी बनाउनु पर्ने भएकोले सडक सन्चालन हुन कम्तिमा तीन महिना लाग्ने डिभिजन सडक कार्यालय काठमाडौंको भनाई रहेको छ भने सवारी जामले दिक्क स्थानिय जनसमुदायले सरकारी निकायको कार्यलाई गैह्र जिम्मेवारी भन्दै अक्रोस व्यक्त गरेका छन ।
