रिपोर्टर – नेपाल न्युज लिंक
१६ चैत, २०७८
गोकर्णेश्वर न.पा,को सुन्दरीजल स्थित मेलम्ची चोकमा बुबा संग मोटरसाइकलमा स्कुल जान हिडेका २ बालिकाको टिपरको ठक्करबाट मृत्यु भएको छ।
गोकर्णेश्वर नगरपालिकाको वडा नं.४ स्थित वर्ल्ड युथ इन्टरनेशनल स्कूलमा पढ्ने २ छोरी ८ बर्षिय सृष्टि र ४ बर्षिय श्रेयालाई आफ्नो मोटरसाइकलमा लिएर स्कूल गएका रोहन घिसिङ्गको मोटर साइकललाई टिपरले ब्याक गर्दा ठक्कर लागको थियो। स्थानिय प्रहरीका अनुसार टिपरको चक्कामा परेर २ बालिकाको मृत्यु भएको,घाइते मोटरसाइकल चालकघिसिङ्गको गम्भीर घाइते भै उपचार भैरहेको,टिपर चालक भागेकाले निजको खोजतलास भैरहेको छ। आक्रोशित स्थानियले टिपरमा आगजनी गरेका छन्।उनीहरुले अबिलम्ब टिपर चालक पक्राउ गरी कडा कारवाहीको माग गरेका छन्।
राजधानी जस्तो ठाउमा असावधानीपूर्वक सवारी चलाउने,सवारीचालक अनुमति पत्र नभएका व्यक्तिले सवारी चाप हुने सार्बजनिक स्थलमा सिक्ने,मादक पदार्थ सेबन गरि सवारी चलाउने कारण अकालमा ज्यान गुमाइ कयौ परिवार बालबालिकाको बिचल्ली भएको छ। सम्बन्धित निकायले सचेत भै आबश्यक कदम चाल्न आबश्यक रहेको सर्वसाधारणको सुझाब रहेको छ।
image – from google
