image from taraair.com

रिपोर्टर – नेपाल न्युज लिंक
१६ जेष्ट २०७९

हराईरहेको तारा एयरको ९ एन एईटी टवीनअटर जहाज दुर्घटनाग्रस्त अबस्थामा फेला पारी उद्दारको लागि सुरक्षाकर्मिको टोली घटनास्थल पुगेको छ।
पोखराबाट आइतवार बिहान ९.५५ बजे जोमसोमका लागि उडेको तारा एयरको उक्त विमान १० बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क बिच्छेद भएको थियो। हराईरहेको उक्त जहाज मुस्ताङ्ग जिल्लाको थासाङ् गाउँपालिका २ सानो स्वारे स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अबस्थामा स्थानियले फेला पारी सुरक्षा निकायलाई खबर गरेका थिए। १३ नेपाली यात्रु, २ विदेशी, ४ भारतीय नागरिक, ३ चालक दलका सदस्य गरी २२ जना सवार रहेका थिए। केही मात्र यात्रुको शब चिनिने अबस्थामा रहेको,घटनास्थल हेर्दा यात्रा गर्ने सबैको मृत्यु भएको अनुमान गरिएको छ। घटनास्थलमा छरिएका शब संकलन कार्य जारी रहेको मौसम अनुकुलता हुने बितिक्कै शब काठमाडौँ पठाइने जानकारी सुरक्षा निकायबाट प्राप्त भएको छ।
घटनास्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,पर्बतारोहिको उद्दार टोली परिचालित रहेका छन्। तारा एयरका अनुसार उक्त दुर्घटनाग्रस्त जहाजमा यात्रा गर्नेमा यात्रुहरुमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्राट, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ्ग,युवी विल्नर,भारतीय नागरिकहरु अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र वैभवी त्रिपाठी तथा चालक दलका सदस्यहरूमा क्याप्टेन प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा रहेको बुझिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *