रिपोर्टर -नेपाल न्युज लिंक
२८ असोज,२०७९

अमेरिकाको नर्थ क्यारोलिनाको रालेहमा बिहीबार राति भएको गोली हानाहानमा एक प्रहरी अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घटना घटाउनुको कारण पत्ता नलागेको तथा अनुसन्धान जारी रहेको बताइएको छ ।बिहीबार राति 17:00 EDT (21:00 GMT) पछि गोलीबारी भयो।
प्रहरीले बन्दुकधारी, एक गोरो बर्णको १५ बर्षको पुरुष किशोर लाई हिरासतमा लिएको जनाइएको छ ।चीफ प्याटरसनले गोलीबारी दुई माइलसम्म फैलिएको बताए । ग्रीनवे ट्रेलमा भाग्नु अघि संदिग्धले आवासीय छिमेकको सडकका मानिसहरूलाई गोली हानेको थियो, जहाँ थप मानिसहरूलाई गोली लागेको थियो।

सामूहिक गोलीबारी अमेरिकामा एक निरन्तर समस्या हो।सन् २०२२ मा अमेरिकामा ३४,००० भन्दा बढी मानिसको गोलीबारीमा मृत्यु भएको छ, जसमध्ये आधाभन्दा बढी आत्महत्याका कारण थिए, बन्दुक हिंसा अभिलेख वेबसाइटका अनुसार भन्दै बिबिसीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *