रिपोर्टर – नेपाल न्युज लिंक
२९ चैत्र २०८०
भियतनामी व्यापारी त्रुओङ माई लानलाई बिहीबार ठूलो भ्रष्टाचार मुद्दामा त्यहाको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
भियतनामी स्थित दक्षिणी व्यापार केन्द्र हो ची मिन्ह सिटीमा भएको मुद्दा अनुसार साइगन कमर्शियल बैंक (एससीबी) बाट नगद छल गरी 27 अर्व डलर क्षतिमा दोषी ठहरिएकोमा न्यायाधीशहरूको प्यानलले प्रमुख विकासकर्ता भान थिन्ह फाटका अध्यक्ष माई लानको सबै प्रतिरक्षा तर्कहरू अस्वीकार गरी भ्रष्टाचार मुद्दामा मृत्युदण्डको सजाय सुनाएका हुन । उनको कार्यले कम्युनिष्ट पार्टी र राज्यको नेतृत्वमा जनताको विश्वासलाई घटाएको वताइएको छ। लानले भने आरोप अस्वीकार गरी अरुलाई दोष दिएकी छन् ।