नेपाल न्युज लिंक रिपोर्टर
माघ ७,२०७८
हालका दिनमा कोरोना संक्रमण अत्यधिक बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका छन्। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी हरुको संयुक्त बैठकले आज राती १२ बजे देखि लागु हुनेगरी अनिश्चित अवधिका लागि जोर बिजोर प्रणाली लागू गरेका हुन्।

सवारी साधनमा मास्क प्रयोग अनिवार्य गर्न मास्क नलगाएका यात्रुलाई सवारीमा प्रवेश नदिने कार्यमा कडाईका साथ कार्यान्यन गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
मठ मन्दिर गुम्बा आदि धार्मिक स्थल,सभा सम्मेलन,भेला जुलुश,सिनेमा,डान्स /दोहोरी क्लब ,जिमखाना ,तालिम, गोष्टि आदि गर्न पाइने छैन। विदेश बाट आउनेको रिपोर्ट नेगेटिभ देखिए ५ दिन क्वारेनटाईन बस्नु पर्ने छ। जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कैद ,जरिवाना हुने व्यवस्था छ।
