कोभिड – १९ को नया भेरिएन्ट ओमिक्रोन सहितको संक्रमण तिब्र रुपमा बढ्दै गएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ बाट मिति २०७८। १०। ०७ गते राती १२ बजे देखि लागू हुने भनी जारी गरिएको सूचना प्रष्ट नभई सर्बसाधारणमा द्विविधा पर्न गएकोले पुन एक सूचना निकाली निम्नानुसार थप प्रष्ट पारेको छ।

- सार्बजनिक निजी सवारी साधनहरु ( दुई पांग्रे सहित ) जोर गते जोर अनि बिजोर गते बिजोर नम्बर भएका सवारी साधन संचालन गर्ने।
- जोर बिजोर लागू नभई संचालन गर्न पाइने सवारी साधनहरु :-
क. औषधि यबं स्वास्थ्य सामग्री बोकेका सवारी साधन,एम्बुलेन्स,दमकल,सबबाहन।
ख. ग्यास,पेट्रोलियम पदार्थ,
ग. खाद्यान्न,दुग्धजन्य पदार्थ,फलफूल,पानी,अन्डा,माछामासु पशुपंक्षीका दाना,कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन।
घ. निर्माण समाग्री बोक्ने सवारी साधन।
ङ. सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी।
च. बैक/ बीमा / बित्तिय संस्था / वायु सेवा कम्पनी / डाक तथा सेवा दूर संचार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन।
छ. सूचना तथा प्रशारण विभाग बाट जारी प्रेस पास / पत्रकार परिचय पत्र रहेका संचार कर्मीले प्रयोग गरेका सवारी साधन।
ज. सरकारी सवारी साधन।
झ. कुटनैतिक नियोगका सवारी साधन।
