रिपोर्टर – नेपाल न्युज लिंक
२० असोज, २०८०
जन्मकैदको सजाया पाएका आफ्ना श्रीमानका हत्यारालाई संविधान दिवसका अबसरमा वर्तमान गठबन्धनको सरकारको सिफारिसमा सजाया मिनाहा गरी जेलबाट छाडिएकोमा उक्त कदम संविधान तथा फौजदारी संहिता विपरितको कार्य भन्दै सच्याउन नेपालगन्जकी भारती मानन्धरले काठमाडौँ आएर सम्मानित सर्बोच्च अदालतमा रीट तथा मिडिया, सामाजिक सन्जाल मार्फत अनुरोध गरेकी छन्।
वर्तमान सरकारले फौजदारी अभियोगमा जन्मकैदको सजाया भोगीरहेका अपराधी योग ढकाललाई यहि असोज ३ गते संविधान दिवसका अबसरमा सजाया मिनाहा गराएको थियो । निज हत्याराले नेपालगंजको बजारमा खुँडा हानेर भारतीको श्रीमान चेतन मानन्धरको हत्या गरेकोमा जिल्ला अदालत बाँकेले निज हत्यारा ढकाललाई जन्मकैध्को फैसला थियो।संविधान दिवसको अबसरमा गरिएको उक्त निर्णय विरुद्ध परेको उनको रीटको सर्वोच्चको फैसला भने आउन वाकी छ।
गठवन्धन सरकार टिकाउनका लागि वर्तमान सरकारले पटक पटक गरेका यस्ता निर्णय मुलुकी फौजदारी अपराध संहिता तथा संविधान विपरितको कार्य भन्दै सर्बत्र आलोचना भैरहेको छ। सरकाले आलोचना सुनेर बस्ने मात्र नभै प्रश्न उठेका कुराको कानूनी व्यवस्था बारे स्पष्ट पार्नु पर्ने जनताको माग रहेको छ।
