

नेपाल न्युज लिंक रिपोर्
माघ १० ,२०७८
देशमा हाल राजनीतिक दलका केहि व्यक्ति र केहि कर्मचारी मिलेर आर्थिक फाइदा लिई सरकारी सम्पति ठेकेदारको जिम्मा दिई बर्षौ त्यहाबाट लाभ लिन खोजेको गुनासो जनमानस बाट आइरहेकोअबस्थामा समेत देशको पुरातात्विक महत्व झल्कने संरचना हरु बिना सोच विचार निर्माण भैरहेका गुनासाहरु आइरहेका छन्।
काठमान्डौको प्रदर्शनी मार्ग स्थित नेपालको पुरातात्विक महत्व झल्कने नेपाल पर्यटन बोर्डको भवनको माथिल्लो तलामा यसको महत्वको ख्याल नै नगरी तल थप्ने कार्य भैरहेको छ। प्रदेश सरकारका मन्त्रीलाई मन्त्रालय राख्ने ठाउँको अभाब भए जस्तै कतै दुर दराज मा जान नमानी राजधानीमा बस्न चाहने कर्मचारीको पनि संख्या बढेको त होइन ?सर्बत्र चासोको विषय बनेको छ। आबश्यक परेर थप्नु पर्ने अवस्था भए पनि पुरातात्विक महत्व झल्कने सम्पदा हो त्यसलै सोहि अनुरुप निर्माण गर्नुपर्ने धारणा सर्बसाधारणको रहेको छ।
