नेपाल न्युज लिंक रिपोर्टर

फागुन १,२०७८

सत्तारुढ दलका सांसद देब गुरुङ,गगन थापा लगाएत ९८ सांसदहरुले प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबरा बिरुद्धआज संसद सचिवालयमा महाअभियोग प्रस्ताब दर्ता गरेका छन्।प्रधान न्यायाधिश राणाले सर्बोच्च अदालतको न्यायिक र प्रशासनिक कार्य गर्न असमर्थ भएको उनको कार्यकालमा बिचौलिया बढेको,स्वच्छ निष्पक्ष न्याय प्रदान गर्न नसकेको लगाएत २१ बुदे महाअभियोग प्रस्ताब पेश गरेका छन्।
प्रधान न्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले एक बिज्ञप्ति निकाली यस कार्यले संबिधान र विधिको शासन स्थापित हुन मधत पुग्ने भन्दै यसमा सकारात्मक देखिएको छ। महाअभियोग प्रस्ताब पेश भै राणा निलम्बनमा परेपछि सर्बोच्चका बरिष्ठ न्यायाधिश दिपक कुमार कार्कीलाई कायम मुकायम प्रधान न्यायाधिशको जिम्मेवारी प्राप्त भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *