रिपोर्टर – नेपाल न्युज लिंक
चैत १,२०७८
सामाजिक संजाल वाट्सएप मार्फत पार्सल र चिट्ठामा परेको रकम पाउनको लागि ट्याक्स तिर्नुपर्छ भनी रु. २९ लाख ४० हजार रुपैया ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे मन्दन देउपुर ४ घर भै भक्तपुर ठिमी बस्ने ३८ बर्षीय गान्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
आफूलाई विदेशी नागरिक बताउने डा.जिहन लोरेन्स नामक व्यक्तिले सामाजिक संजाल फेसबुकमा वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिट्ठा परेको छ साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको झोला समेत पार्सल पठाएको छु भनी म्यासेज पठाएको केहि समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पिडीतलाई वाट्सएप मार्फत फोन गरी पार्सल र चिट्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नु पर्छ भनी भ्रमपूर्ण विश्वासमा पारी विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमआइको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न निज गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आबश्यक कारवाहीको लागि परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। हालका दिनमा ठगीका घटना वृद्धि भैरहेको अबस्थामा प्रहरीबाट भएको यस कार्यले अन्य सर्बसाधारणलाई यस प्रकार ठगिनबाट रोक्न सकिने तथा बैंक एकाउन्ट,मोबाइल लगायतमा अरुका लागि आफू प्रयोग नहुन सजग गराउने समेत बिश्वास गरिएको छ।
