रिपोर्टर – नेपाल न्युज लिंक
चैत ८, २०७८

मोरंगको लेटांग स्थित बिद्यालय क्षेत्र रणमैदान बने हिंसात्मक घटना बनाउनमा स्थानिय प्रशासन,जनप्रतिनिधि,बिद्यालय प्रशासन,बिद्यालय ब्यबस्थापन समिति गैर जिम्मेवार रहेको गुनासो स्थानिय बासिन्दाको रहेको छ। यस अघि विद्यालयकै छात्रालाई दुई पटक यौन दुर्ब्यबहार गरेर मौखिक र लिखित माफी पाई सकेका शिक्षकलाई पुन: त्यस्तै घटनामा कानूनी कारवाही नगरी गुपचुप राखेर मिलाउन खोज्दा घटना भएको बुझिएको छ। उक्त घटनामा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ भने कयौ प्रहरी सर्बसाधारण घाइते भएका छन्।
सामाजिक विषयका शिक्षक मनोज पौडेलले १२ बर्षीय बालिकालाई गत शुक्रबार यौन दुर्ब्यबहार गरेको जानकारी पाएपछि स्थानिय आमा समूह,अभिभाबक समेतको समुहले बिद्यालय घेरा हालेर कुटपिट गर्न थालेपछि प्रहरीमा खबर भएको थियो। दिनभरको झडप पछि राति ९ बजे तिर आरोपित शिक्षकलाई प्रहरी गाडीमा राखेर प्रहरीले लागेको थियो। स्थानियले यस्ता आपराधका घटना यस अघि पनि त्यस इलाकामा घटेको बताएका छन् । स्थानिय जय राइका अनुसार गत महिना लेटांग ८ जातेमा एक बालिकाको बलात्कार पछि हत्या भएको थियो ।


प्रधानमन्त्री शेर बहादुर देउवाले लेटांग घटनाका दोषीलाई कारवाही गरिने बताएका छन्। पटक पटक अपराध गर्ने शिक्षकलाई दण्डीत नगरी बचाउन स्कूल प्रशासन,संचालक,राजनीतिक दल लगाएत लागिपर्नु,सरकारी कानून कार्यान्वयन निकायको बिगतका अन्य घटनाको अनुसन्धान,अभियोग पत्र पेश,अनि फैसला प्रति जनतामा अविश्वास शृजना हुनु प्रमुख कारण रहेको सर्बसाधारण को रहेको छ। महिला हितका नाममा गठन गरिएका महिला समुह कानुनी उपचार दिलाउन लाग्नु पर्नेमा हिंस्रक रुपममा प्रस्तुत हुनु तथा स्थानिय प्रशासनले पटक पटक भएका अपराधको सूचना संकलन गरी कारवाही नगर्ने ,अपराध भै भिड जम्मा भएपछि सो अनुसार जनशक्ति परिचालन नगर्नु,भिड नियन्त्रण सम्बन्धमा प्रहरी तथा प्रदर्शनकारीमा कम क्षति हुने गरी सफलता हासिल गर्न तालिममा सिकेका युक्तिको उचित प्रयोग नगर्नु जस्ता कमजोरी भएको बुझिन्छ। छानबिन समितिले घटनाको सत्य छानविन गरोस,छानविन गरि प्रतिवेदन बुझाउने मात्र नभएर अब त्यस्ता घटना नेपालमा दोहोरिन नपाउने व्यवस्था सरकारले गरोस,बालिका दुर्ब्यबहार आरोपित शिक्षक तथा प्रहरी हत्यामा संलग्न माथि हदै सम्मको कारवाही गर्नाको साथै अनुसन्धानको क्रममा निर्दोष व्यक्तिले दुख अनि सजाया पाउनु नपरोस भन्ने सरकार समक्ष स्थानिय जनताको आग्रह रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *