रिपोर्टर – नेपाल न्युज लिंक
३१ असार,२०७९
नेपाल प्रहरीका बर्तमान प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको न्युक्ति बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक बिश्व राज पोखरेलले पेश गरेको मुद्दा खारेज गर्ने फैसला गरेका हुन् ।
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको मुद्दामा शुक्रवार विश्वराज पोखरेल पक्षका वकिलको जवाफी बहस पश्चात फैसला आएको हो ।
गत वैशाख १८ गते बर्तमान गठबन्धनको मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । विगतमा एमालेको सरकारका पालामा वरिष्ठता मिचेर विगतमा प्रहरी नायब महानिरीक्षक न्युक्ति गराई प्रहरी महानिरीक्षकको रोलक्रममा ढुक्क बनाएका पोखरेलले हालको गठबन्धन सरकारको मन्त्रिपरिषद्ले सिंहलाई आफू वरिष्ठ हुदा हुदै वरिष्ठता मिचेर प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
“सत्य सेवा सुरक्षणम”को मुल मन्त्रलाई भुलेर व्यक्तिगत लाभका लागि राजनैतिक दलका नेताको दैलो चाहार्ने नालायक त्यस्ता प्रहरी अधिकृतलाई जनता र राष्ट्रसेवक ईमान्दार प्रहरी कर्मचारीले सदाको लागि धिक्कार्ने अदालत परिसरमा उपस्थित सर्बसाधारणको भनाई रहेको छ ।
