रिपोर्टर – नेपाल न्युज लिंक
२८ जेष्ट,२०७९
काठमाडौँ उपत्यकामा हालका दिनमा बस, माइक्रो बस लगायत सार्बजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुमा पाकेटमारी लुटपाट,चोरीका घटना तिब्र रुपमा घटेका कारण उपत्यकाबासी तथा बाहिरबाट उपत्यकामा आएर सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुहरुले काठमाडौँमा असुरक्षा महसुस गरेका छन् ।

बिहिवार ११.४५ बजे पुतली सडकमा विहानको पढाई सकेर पुतली सडकचोक नजिकबाट नेपाल यातायातको बस चढेर महाराजगंज हुदै गोपी कृष्ण हल नजिक आफ्नो कोठामा जान बस चढेकी काभ्रे नाला घर भएकी सरला सापकोटा ( नाम परिवर्तन ) को मोबाइल फोन उक्त बस चढेर प्रहरी प्रधान कार्यालयको बाटो हुदै बालुवाटार राष्ट्र बैंक,प्रधानमन्त्री निवास,महाराजगंज स्थित रास्ट्रपति भवन अगाडि हुदै अमेरिकन दुताबास मजिक पुग्दा आफ्नो मोबाइल चोरी भैसकेको थाहा पाएको,सोधखोज गर्दा सबैले अनभिज्ञता जनाएको, बसका चालक सहचालकले यस्ता घटना बेला बखत भैरहने बताएको पीडित सापकोटाले नेपाल न्युज लिंक रिपोर्टर संग गुनासो गरिन्। यस्तो सुरक्षा संबेदनशील एरियामा यस्तो घटना घट्ला भन्ने कल्पना समेत नगरेको,आफूले १६ हजारमा डेढ महिना अगाडि मात्र हजुरआमालाई अनुरोध गरेर नया सडकबाट किनेको आज हरायो,अब मोबाइल किन्ने पैसा पनि छैन भनेर आखा भरि आँसु निकाल्दै नेपाल प्रहरी प्रति आक्रोश पोखिन।
विगतमा सार्वजनिक सवारीमा हुने पाकेटमारीका घटना रोकथामका लागि उपत्यका प्रहरी तथा अपराध महाशाखामा स्थान पाएका कतिपय सक्षम प्रहरी कर्मचारीको कारण केही हद सम्म नियन्त्रण भएपनि हालका दिनमा नया नेतृत्व आए संगै काठमाडौँ उपत्यकामा अपराधमा घटना बढीरहेको छ,त्यसको नियन्त्रण गरी नेपाल प्रहरीको गरिमा जोगाउन प्रहरीको उपत्यकाको हालको नेतृत्वले बिशेष कदम चाल्नेमा उपत्यकाबासी आशावादी देखिन्छन।
