रिपोर्टर – नेपाल न्युज लिंक
२५ फागुन,२०७९

संघीय संसद भवन बानेश्वरमा बिहिवार भएको संघीय गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति पदको निर्वाचनमा नेपाली काँग्रेसका रामचन्द्र पौडेल विजयी भएका छन्।

पौडेलले एमाले बाट उम्मेदवार बनेका सुबास चन्द्र नेम्बांग पराजित भएका हुन्। निर्वाचन परिणाम अनुसार पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् भने नेम्बांगले १५ हजार ५१८ मतभार पाएका छन्। निर्वाचनका लागि मतदाता रहेकोमा ८३१ जना संघीय तथा प्रदेश सभाका संसद द्वारा मतदान भएको,५० नट नखसेको,मत खसेकोमा ५ मत बदर भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर पार्टी रास्ट्रपति निर्वाचनमा सहभागी भएका थिएनन।
आगामी २९ गतेका दिन नब निर्वाचित राष्ट्रपतिको सपथ ग्रहणको कार्यक्रम रखिएको पनि जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *