रिपोर्टर – नेपाल न्युज लिंक
३० बैशाख २०८०
भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन आग्रह गर्दै नागरिक समाज लगायत विभिन्न पार्टीहरुले आज देशभर प्रदर्शन गरेका छन्।
काठमाडौँको माइतीघर मण्डलामा विवेकशील साझा तथा नक्सालको नारायणचौर आयोजित नागरिक समाजको कार्यक्रममा पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतको उपस्थिती रहेको थियो। उपस्थित समुदायले पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी उपस्थित रहेकोमा असन्तुष्टि जनाएका थिए।
नक्कली शरणार्थी प्रकरणमा नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण ,सचिब टेकनारायण पाण्डे ,पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई ,सन्दिप रायमाझी ,केशब दुलाल,सानु भण्डारी,टंक गुरुङ,संदेश शर्मा पोख्रेल र सागर राई पक्राउ परेका छन्। बिगतमा नेकपा माओबादीबाट नेकपा एमालेमा प्रवेश गरी पार्टी सचिब समेतको जिम्मेवारी पाएका पूर्वमन्त्री टोप बहादुर रायमाझी चाही फरार रहेका छन्।
