रिपोर्टर – नेपाल न्युज लिंक
६ कार्तिक,२०८०
नेपालीको महान चाड दशैं मनाउन उपत्यका छाड्ने क्रममा लाखौले उपत्यका छाडेका अनि आज महानवमीका दिन घरघरमा दशैं मनाउन लागेका कारण काठमाडौँ उपत्यकाको सडक तथा वजार चहल पहल कम रहेको छ।
दशैंको मध्ये दिन मानिने नवमी पर्वमा भगवती मन्दिरको दर्शन गर्नाको साथै विश्वकर्माको पूजा गर्न बांकिहरुले आजकै दिन विश्वकर्माको पूजाको सिलसिलामा आफ्ना सवारी,साधन सफा गरेर पूजा गरेका छन्। उपत्यकाका भगवती मन्दिर,शक्तिपीठहरुमा भक्तजनहरुको भिड लागेको छ। सरकारी तथा गैह्र सरकारी कार्यालय,स्कूल,कलेज देखि महत्वपुर्ण बाहेकका अन्य स्थल बन्द भएका कारण तथा दशैं मान्न वाहिर जाने पनि गैसकेको कारण चहल पहलमा कमी भएको हो।
