रिपोर्टर – नेपाल न्युज लिंक
८ जेष्ठ २०८१
पोखरा बसपार्क स्थित सहारा फुटबल एकेडेमी र सहारा वाल आधारभूत विद्यालयमा गत शनिबार अबलोकन भ्रमण गरी सामाजिक संस्था क्लब १०२ ले सहयोग हस्तान्तरण गरेको छ।
क्लव १०२ का अध्यक्ष अमर बहादुर कार्की सदस्य प्रेम कुमार श्रेष्ठ लगायतको टोलीले वर्तमान कार्य समिति तथा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारीहरूसग भेटघाट गरी जानकारी लिनुको साथै सहारा फुटबल क्लव पोखराद्वारा सञ्चालित सूर्य बहादुर के.शी. मेमोरियल सहारा फुटबल एकेडेमी पोखरामा आश्रित तेश्रो ब्याचका फुटबल खेलाडी तथा सहारा वाल आधारभूत विद्यालय, वसपार्क पोखराका हकी खेलाडी विद्यार्थीहरुलाई Club 102 अंकित खेलाडी टि सर्ट वितरण गरेको हो ।
क्लव १०२ ले यस अघि पनि बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । समाजको विकाशमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका हुनेमा जनबिश्वास रहेको छ ।
