फाल्गुन १३,२०७८
रिपोर्टर नेपाल न्युज लिंक

निर्वाचन आयोगलेआगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने अन्दाजी १ लाख १० हजार ७ सय १३ जनशक्तिको लागि प्रति व्यक्ति बिमांक रकम रु २० लाखको बिमा गर्न बिमा प्रदायक कम्पनीहरुलाई आव्हान गरी सकेको जनाएको छ।
आयोगले बिहिवार प्रेस बिज्ञप्ति निकाली निर्वाचनको लागि अर्थ मन्त्रालय संग रु. ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गरिएको तथा स्थानिय तह निर्वाचनका लागि हाल सम्म २९ राजनैतिक दलले दल दर्ता हुन निवेदन दिएको पनिं खुलाएको छ। यस अघि दल दर्ताको लागि फाल्गुन १५ गते सम्मको अबधि तोकिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *