
रिपोर्टर – नेपाल न्युज लिंक
१६,फागुन २०७८
आगामी स्थानिय निर्वाचनका लागि ८० राजनीतिक दलले भाग लिने भएका छन्। उक्त कुराको जानकारी निर्वाचन आयोगले आज प्रेस बिज्ञप्ति जारी गरी सार्बजनिक गरेको हो।
स्थानिय निर्वाचनमा भाग लिने राजनीतिक दलले हिजो फागुन १५ गते सम्म दल दर्ता गरिसक्नु पर्ने समय सीमा एस अघि नै तोकिएको थियो। हालसम्म निर्वाचन आयोगमा दर्ता हुने राजनैतिक दलको संख्या १११ भएको पनि जनाइएको छ। साथै निर्वाचन सम्पन्न गर्न आबश्यक जनशक्ति,सुरक्षा,आचार संहिता सम्बन्धमा पनि विभिन्न निर्णय गरी प्रक्रिया अगाडि बढेको जनाएको छ।

