google image

रिपोर्टर – नेपाल न्युज लिंक
११ जेष्ट,२०७९

अमेरिकाको टेक्सास स्थित एक प्राथमिक बिद्यालयमा मंगलवार विहान एक बन्दुकधारीले सोही स्कुलका १९ वालबालिका तथा २ वयष्कको गोली हानी हत्या गरेको अनलाईन संचार माध्यम डेलीबेस्टले जनाएको छ।

Texas DPS / Instagram

Uvalde स्थित Robb Elementary School Texas मा भएको उक्त घटना सम्बन्धमा टेक्सास गभर्नरलाई उधृत गर्दै लेखेको छ – स्थानिय १८ वर्षिय Salvador Ramos नामका बन्दुकधारीले घरमा आफ्नी हजुर आमालाई गोली हानी कार लगेर स्कूल नजिक दुर्घटना गराई स्थानिय समय ११.३० बजे उक्त स्कुलमा प्रवेश गरी fourth- grade 4 का शिक्षक सहित अन्य वालबलिकाको गोलि हानी हत्या गरेका हुन्। हतियारधारी व्यक्तिले कार दुर्घटना गराएको सम्बन्धमा फोन कल प्राप्त भएको Texas Department of Public Safety spokesperson Lt. Chris Olivarez ले बताएको जनाइएको छ। आफ्नो सुरक्षाका लागि हतियार राख्न अनुमति पाइने हुनाले १८ बर्ष पुगेको जन्म दिनको अबसरमा उनले दुई वटा assault rifles किनेको तथा सुरक्षा निकायको प्रतिकारमा निज बन्दुकधारीको पनि मृत्यु भएको जनाइएको छ।

Texas DPS / Instagram

विश्वको सुरक्षा चासो राख्ने संयुक्त राज्य अमेरिकाको यो घटना अनौठो होइन। पटक पटक यस्ता घटना हुने गरेका छन्। लागु पदार्थ,लागु औषध,मादक पदार्थ,जस्ता दुर्व्यसनीमा लागी अपराधिक घटनाहरु घटाउने गरेका छन्। public safety गर्ने निकायहरु पनि अक्षम जस्ता देखिएका छन्। एकजना बालकले धेरै ठाउमा घटना घटाउदै जादा पनि समयमा घटना स्थलहरुमा पुग्न नसक्नु अनि पुगे पछि पनि उपस्थित धेरै सुरक्षा फौजले वालकलाई सुरक्षित समाई छानविन गर्न नसक्नु अनि कर विभिन्न शुल्क ,कर तिरी अमेरिकाको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको आप्रबासीको ब्यबसायिक स्थलमा गोली हानी हत्या,लुटपाट बारम्बार हुनु विश्वका धेरै राष्ट्रबाट आफ्नो देशमा भबिष्य नदेखी भविष्यको खोजीमा दिन रात दुख गर्ने आप्रबासीको सुरक्षा सम्बन्धमा प्रश्न चिन्ह खडा भएको बुझिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *