रिपोर्टर – नेपाल न्युज लिंक
१३ जेष्ट,२०७९

आफ्नै श्रीमती गीता ढकालको हत्या गरी मकवानपुरको जंगलमा लगेर जलाएको आरोप लागी जन्म कैदको सजाय सुनाइएका सशस्त्र प्रहरीका तत्कालिन डीआइजी रन्जन कोइरालालाई यस अघिको फैसला उल्ट्याउदै बिहीबार पुरानो फैसलालाई सदर गर्ने निर्णय भएको छ।
बि.स.२०६८ पौष २८ गते मकवानपुरको जंगलमा ७० प्रतिशत जलेको शब स्थानियले देखेर प्रहरीमा खबर गरेपछि घटना सन्बन्धमा अनुसन्धान गर्दा घरमा हत्या गरी गाडीमा लगेर जलाएको तथा आफूले उक्त घटना स्वीकार गरी गरेको अपराध उपर सजाय भोगीरहेका निज कोइरालालाई यस अघि निलम्बित प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबरा र न्यायाधिश तेज बहादुर केसीको इजलासले छुट दिदै मिति २०७७ असार १५ गते २० बर्षको जन्म कैदलाई ८ बर्षमा झार्ने फैसलालाई कानून विपरित छुट दिएको भनी सर्बत्र बिरोध भै विवादमा परेपछि सरकारले २०७७ श्रावन ११ गते पुनरावेदन दर्ता गराएकोमा गरेको थियो। उक्त फैसलालाइ उल्टाउदै कामु प्रधान न्यायाधिश दीपक कुमार कार्की न्यायाधिशहरु टंक मोक्तान र डा.कुमार चुडालको पूर्ण इजलासले कर्तब्य ज्यान सम्बन्धी मुद्धामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको विगतको फैसलालाई सदर गर्दै फैसला सुनाएको हो । विगतको फैसलाबाट जेलबाट निस्केका कोइराला फैसला पश्चात फरार भएको बुझिएको छ।

हाल राजनीतिक दलको कार्यशैली,चरित्रबाट वाक्क भएका जनताको अनास्था सम्मानित निकायहरूमा नहोस जनताको माग रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *