
रिपोर्टर – नेपाल न्युज लिंक
१५ जेष्ट,२०७९
सरकारले आगामी आर्थिक बर्ष २०७९।८० का लागि कूल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्बजनिक गरेको छ।
सरकारका अर्थ मन्त्री जनार्दन शर्माले आज अपरान्ह संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उक्त बजेट सार्वजनिक गरेका हुन्। जसमा चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तर्फ ३ खर्ब ८० अर्ब ,बित्तिय हस्तान्तरण बाट प्रदेश र स्थानिय तहमा ४ खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजन गरेको बताएका छन्। सरकारले उक्त बजेटका लागि १२ खर्ब ४० अर्ब ११ करोड राजश्व बाट ,५५ अर्ब ४६ करोड बैदेशिक अनुदान बाट,२ खर्ब ४२ अर्ब २६ करोड बैदेशिक ऋणबाट र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण लिने उल्लेख छ।
सरकारी अस्पतालमा ९८ प्रकारका औषधी निशुल्क वितरण गर्ने,बृद्ध भत्ता पाउने अबधि घटाएर ६८ बर्ष बनाईने,सहुलियत ऋण उपलब्ध गराउने,सबै घर धुरीलाई इलेक्ट्रिक चुलो स्थानिय स्तरबाट निशुल्क उपलब्ध गराउने,बत्तिको शुल्क घटाउने,इलेक्ट्रिक सवारी आयात गरी सबै पेट्रोल पम्पमा चार्जिङ्ग सेन्टर बनाउन लगाउने,शिक्षक अस्पताल बनाउने,पूर्ब पश्चिम राजमार्ग ४ लेनको बनाउने,कर्मचारीको तलब १५ प्रतिशतले बढाउने,महंगी भत्ता कायम रहने,चक्रपथ बाहिर खानेपानी लाइन बिस्तार गर्ने,कलंकी – नारायण गोपाल चोक सडक निर्माण,सरकारी निकायमा कार्यरतले नेपालमा बनेको कपडाको पोषाक प्रयोग गर्ने लगायतका कुराहरु समेटिएका छन्।
स्थानिय चुनाब लगत्तै आएको बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरे पनि सबै क्षेत्रबाट मिश्रित प्रतिक्रिया आइरहेको छ भने बुद्दिजिविहरुले वजेट कार्यान्वयनमा आशंका ब्यक्त गरेका छन्।
