रिपोर्टर – नेपाल न्युज लिंक
११ जेठ,२०७९
गत ३० गते भएको स्थानिय निकायको चुनाबमा देशभरमा मतदाताको उत्साहजनक सहभागिता भए जस्तै वर्षा यम शुरु हुन लागेको र प्रमुख बाली लगाउने समय भएकोले देशका जनताको प्रमुख आय श्रोत कृषिमा पनि चुनाबमा सहभागिता जस्तै कृषिमा पनि सहभागि हुने हो भने हालको चरम मुल्यबृद्धि तथा खाद्यान्नको परनिर्भरतामा कमी हुन सक्ने धारणा अर्थविद तथा सर्बसाधारणको रहेको छ।

यस पटक भएको स्थानिय निकायको निर्वाचनमा देखिएको शहर देखी गाउँ सम्मको तडकभडक हेर्दा उम्मेदवारले खर्च गर्न पाउने सीमा तथा आगामी दिनमा निर्वाचित हुने पदाधिकारी ठेकेदार ब्यापारी मात्र हुने अबस्था शृजना हुन नदिन निर्वाचन आयोगले निष्पक्ष छानविन गरी शाहसिक निर्णय गर्न जरुरी रहेको देखिन्छ।काभ्रेका जीवन तमाङ्ग भन्छन ” धरान र काठमान्डौका जनता संग अन्य स्थानका जनताले सिक्न जरुरी छ ,मतदाताले जाने आउने सवारीको व्यवस्था अनि खसी रक्सीको भरमा विभिन्न पार्टीका झोलेले भनेको भरमा मत दिने होइन,आफ्नो ठाउमा भिजेको,जनताको समस्या देखेको बुझेको अनि समस्याको हल गर्न सक्ने क्षमतावान निष्कलंक व्यक्तित्व चिन्न सक्नु पर्छ। ” अहिले समयमा नै वर्षा भएकोले खुशी हुदै काभ्रेकै श्याम तिमल्सिना भन्छन “देशमा मूल्य बृद्धि अचाक्ली बढेको अनि कृषि प्रधान देश भए पनि अर्को देशमा निर्भर भैरहनु परेको अबस्थामा निर्वाचनमा सहभागी हुन गाउँ गए जस्तै जनसागर कृषिको समयमा पनि गाउँ गएर सहभागी हुनुपर्ने हो जसका लागि स्थानिय निकायका पधाधिकारी राजनैतिक दल निष्पक्ष भएर जनतालाई आकर्षण गर्ने बिशेष कार्यक्रम ल्याउन जरुरी छ। “

नेपालबाट अमेरिका गएर कृषि,पशुपालन गरेका नेपालीका उदाहरण सुनिरहेको अनि गाउँ गाउँबाट आफ्ना बालबालिकाको भबिष्यका लागि अंग्रेजी माध्यमको निजी वियालयमा पढाउन अनि कृषि बाट राम्रो आय आर्जन नभई परिवार चलाउन नसकी काम गर्न शहर जानु पर्ने बाध्यता रहेको अबस्थामा निर्वाचित स्थानिय निकायका जनप्रतिनिधि,राजनीतिक दल,कार्यरत कर्मचारी सबैले कृषि सामग्री, मल,बीउको सहज उपलब्धता अनि उत्पादित सामाग्रीको उपयुक्त मूल्य सहितको बजारको ब्यबस्ठा हुनुपर्ने माग कृषकहरुको रहेको छ।
