रिपोर्टर – नेपाल न्युज लिंक
१८ असार, २०८०

कृषि प्रधान देश नेपालमा कृषकका लागि प्रमुख वाली धान रोपाई गरी बर्ष भरिको लागि धानमा आत्मनिर्भर हुने भएकोले कृषकका लागि हौसला प्रदान गर्न मुलुकभर विभिन्न संघ संगठन,पालिका,कर्मचारी,स्कूलका शिक्षक विधार्थी,राजनैतिक दलका नेता कार्यकर्ता कृषकहरुसंग हातेमालो गर्दै रोपाई गरेको जानकारी प्राप्त भएको छ। .

कृषकका लागि हौसला प्रदान गर्ने सिलसिलामा काठमाडौँ उपत्यकामा खाद्यान्न, तरकारी, दुध उपलब्ध गराउने प्रमुख नगर पाँचखाल नगरपालिकामा पनि असार १५ गते “राष्ट्रिय धान दिबस २०८०” मनाउने सिलसिलामा पालिकाका पदाधिकारी, पालिकाका कर्मचारी कृषक संग हातेमालो गर्दै धान रोपाईं मा सहभागी भएका थिए । मुलुकभरका विभिन्न संघ संगठन,पालिका पदाधिकारी ,कर्मचारी,स्कूलका शिक्षक विधार्थी,राजनैतिक दलका शिर्ष नेता कार्यकर्ता सहभागी भै धान रोपाइँमा सहभागी भै नेपाली कृषकका लागि हौशला प्रदान गरेका थिए। धान दिवश मनाउने क्रममा सहभागीहरुले सामाजिक संजाल रंगाएका थिए।

नेपाली युवाहरु विदेशिन बाध्य भै विदेश गएका कारण गाउँमा जमिन बाँझो भै खाद्यान्नमा भारतमाथि निर्भर हुनुपरेको अवस्था अनि पालिकाहरुले बजारको माग अनुसार कुन समयमा कुन वाली लगाउनु पर्ने हो तथ्यांक निकाली सो अनुसार किसानलाई बाली लगाउन नलगाउने बजारको ब्यबस्थापन नगर्ने चलनले पाँचखाल जस्ता तरकारीमा आत्मनिर्भर हुने पालिकाको समेत स्थानीय बजारमा भारतवाट आयातित तरकारी बिक्रि वितरण भैरहेको सन्दर्भमा केवल औपचारिकता मात्र निभाएर कृषकका नाममा छुट्टाइएको राज्यको ढुकुटी आफ्ना झोलेलाई पोस्ने काम स्थानीय पालिकाले नगरोस भन्ने सर्बसाधारणको खबरदारी रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *