रिपोर्टर – नेपाल न्युज लिंक
२२ भाद्र,२०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि मतदान ब्यबस्ठापनलाई प्रभावकारी तथा मतदातालाई मतदान स्थलमा सहज पहुँचका लागि मतदाताको संख्या सुबिधा एवं सुरक्षाको ब्यबस्था समेतलाई मध्यनजर गरी मतदान स्थल संख्या १० हजार ८८८ कायम गरिएको कुरा सोमवार एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
यसअघि देशभरमा १० हजार ७५६ म्क़तादान स्थल रहेकोमा कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गते देखि मतदान स्थल पुनरावलोकन कार्यक्रम संचालन गरेको पनि जनाएको छ। साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाको कार्यकाल सम्बन्धमा सरकारले संसोधन गर्न लागेकोमा सर्बत्र विरोध भैरहदा निर्वाचा आयोगले पनि अर्को एक बिज्ञप्ति जारि गर्दै निर्वाचन सम्बन्धि कानून निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाउँदा निर्वाचन आयोग संग समन्वय र परामर्श हुने व्यवस्था हुन निर्वाचन आयोगले अनुरोध गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *