रिपोर्टर – नेपाल न्युज लिंक
भाद्र ४, २०७९
निर्वाचन आयोगले प्रदेश नं १ र गण्डकी प्रदेशका सरकारहरुले निर्वाचनको मुखमा सांसद हरु मार्फत खर्च गर्न लागेको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका कार्यक्रम सम्बन्धमा शुक्रवार एक बिज्ञप्ति निकाली कार्यक्रम संचालन सम्बन्धमा स्पष्टिकरण पेश गर्न तथा कार्यान्यवन नगराउन निर्देशन दिएको छ।
नेपाल सरकारले २०७९ मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउन मिति तोकी सकेको तथा जनता र बिभिन्न राजनैतिक दलबाट प्रदेशको औचित्य नरहेको,देशलाई आर्थिक भार पारेको आवाज उठिरहेको अबस्थामा प्रदेश नं १ र गण्डकी प्रदेशका सरकारहरुले प्रदेश सभाको कार्यकाल सकिन लागेको बेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत वजेट दिन एबं कार्यविधि बनाएर संसदलाई योजना छनौट गर्न लगाइएको र योजना बाड्ने तयारी रहेको जानकारी प्राप्त भएकोले निर्वाचनको निश्पक्षतालाई मध्यनजर राख्दै प्रदेश सरकारहरुलाई उल्लेखित काम कारवाही नगर्न आयोगले उक्त निर्देशन जारी गरेको हो।
आयोगले कुनै पनि विपदको अवस्था वा स्वास्थ्य महामारी परी विपद ब्यबस्थापन सम्बन्धी कार्य गर्नु पर्ने वा स्वास्थ्य महामारीको सामना गर्न आबश्यक उपाय अबलम्बन गर्नु पर्ने बिषय बाहेक मतदातालाई प्रभावित पार्ने यवं निर्वाचनको स्वच्छता र निष्पक्षता मा प्रभाब पार्ने कुनै पनि नयां कार्यक्रम नेपाल सरकार,प्रदेश सरकार र स्थानिय तह संचालन तथा कार्यान्वयन नगर्न नगराउन बिज्ञप्तिमा मार्फत निर्देशन दिएको छ।
देश र जनताको हित हुने कार्यमा जनताले तिरेको रकमको सही सदुपयोग गर्नु पर्नेमा हाल विभिन्न राजनैतिक दलको ध्यान चुनाव खर्च जोहो गर्नुमा केन्द्रित रहेकोले त्यस्तालाई सजाया कानून कार्यान्वयन निकायले गर्न नसके निर्वाचनको बेला जनताले सजाया दिनुपर्ने धारणा सर्बसाधारणको रहेको छ।
