रिपोर्टर – नेपाल न्युज लिंक
१८ कार्तिक,२०७९
निर्वाचन आयोगलेआगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्तिक १७ गतेदेखि राजनीतिक दल,उम्मेदवार,दलको भात्री संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस,आमसभा,कोणसभा,बैठक भेला वा निर्वाचन प्रचारप्रसार गर्दा अपनाउनु पर्ने आचरण बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको छ।
आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि प्रछार प्रसार गर्न पाइने ब्यबस्ठा अनुसार कार्तिक १७ गते देखि मङ्सिर १ गते सम्म प्रछार प्रसार गर्न सकिने समेत पत्रकार सम्मेलन गरी स्पस्था पारेको जनाएको छ। निर्वाचन आचार संहिता लागु भएको मिति २०७९ असोज १२ गते देखि आज सम्म आचार संहिता उल्लङ्घन गर्ने ७१ व्यक्ति,संस्थालाई आयोग बाट स्पष्टिकरण सोधिएको,प्राप्त स्पष्टिकरण उपर छानविन गरी कारवाही प्रक्रिया अघि बढाइएको पनि उल्लेख गरेको छ।
