रिपोर्टर – नेपाल न्युज लिंक
३० कार्तिक,२०७९
आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रचार प्रसार गर्न पाउने अबधि १ दिन मात्र बाँकी रहंदा अधिराज्य भरी आफ्ना उम्मेदवारलाई मत माग्नका लागि राजनीतिक दल,उम्मेदवार,दलको भात्री संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस,आमसभा,कोणसभा,बैठक भेला गरी निर्वाचन प्रचार प्रसारलाई तीब्र बनाएका छन्।
दलका शिर्षस्थ नेताहरुलाई एकै दिनमा धेरै कार्यक्रममा पुग्नुपरेको देखिन्छ। उम्मेदवारले प्रचार प्रसारको लागि घरदैलो कार्यक्रम,फोन मेसेज,फोन कल सोसल मिडियाको प्रयोग गरी मतदाता संग भोटको लागि अनुरोध गरेका छन्। यस निर्वाचनमा देशमा शान्ति सुरक्षा, विकाश निर्माण,जनताको सम्वृद्धिका पक्षमा जनताको माझमा रहेर काम गर्ने व्यक्ति चुन्न आबश्यक रहेको जनधारणा रहेको छ।
निर्वाचन आयोगले पनि विभिन्न माध्यमद्वारा निर्वाचन आचारसंहिताको प्रचार प्रसार गरिरहेको छ,छिटपुट घटना बाहेक हालसम्म कुनै अप्रिय घटना घटेको छैन। हालसम्मको अवस्था हेर्दा शान्तिपूर्ण निष्पक्ष निर्वाचन हुनेमा बिश्वस्त हुन सकिनेमा सर्वसाधारण आशावादी रहेका छन्।
