रिपोर्टर – नेपाल न्युज लिंक

२८ जेष्ठ २०८१

 

संस्था  स्थापनाको छोटो समयमा नै सामाजिक कार्यक्रम लिईअधिराज्यभर पुग्न सफल क्लब १०२ ले गत शनिवार काठमाण्डौको धुम्बाराहीमा आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षाण  प्रतिष्ठानका पूर्व प्रशिक्षक लोक बहादुर गुरुङ प्रमुख अतिथि रहनु भएको उक्त साधारण सभाबाट आगामी २ वर्षका लागि अमर बहादुर कार्कीको अध्यक्षतामा पदाधिकारीहरु चयन भयका छन् ।अन्य पदाधिकारीहरुमा  यादवेन्द्र गोपाल श्रेष्ठ –  उपाध्यक्ष , अमर प्रसाद गजमेर –  सचिव  , चित्र बहादुर घले – कोषाध्यक्षमा तथा सदस्यहरुमा प्रेम कुमार श्रेष्ठ ,  सुञ्जित तामाङ्ग , सन्त कुमार लामा  , प्रविण गिरी र विश्वनाथ गौतम  रहेका  छन् ।

बिगतका दिनमा  बिभिन्न कारणले  मृत्युवरण गर्नुभएका स्व· महाबिर यादब , स्व· सितल प्रसाद यादब , स्व· सन्जिव सापकोटा र स्व· सूर्यकान्त पण्डितको सम्मानमा  १ मिनेट  मौनधारण गरी  श्रद्दान्जली व्यक्त गरिएको थियो । संस्थाको बार्षिक आर्थिक बिवरण पेश गरी विगतको कामको समिक्षा गरिएको थियो । अगामी दिनमा सबैलाई सहभागी गराउने र राजधानी बाहिर  पनि बिभिन्न कार्यक्रम लिएर जान सुझाव आएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *