रिपोर्टर – नेपाल न्युज लिंक
१३ असार २०८१
काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालीका स्थित पुछारीमा गत शनिवार सापकोटा समाजको कुल पूजा सम्पन्न भएको छ ।
पोखरा स्थित बिन्ध्याबासिनी देवी कुल देवता रहेका सापकोटा समाजका पुर्खाले पनौती स्थित सो स्थानमा बिन्ध्याबासिनी देवी मान्दिर स्थापना गरी कुल देवताको पूजा गर्दै आएको बताईन्छ । त्यस स्थानबाट अन्दाजी १५० बर्ष अगाडि ललितपुरको गोटीखेल तथा विभिन्न समयमा बसाइ सराई गरी नाला, रवी, काठमाण्डौ उपत्यका लगायतमा पुगेकाहरु हरेक वर्ष उपस्थित भै कुल पूजा गर्ने गर्छन । बोका वली दिने चलनमा कमी आई नरिवल पूजा गर्ने चलन बढ्दै गएको बताईएको उक्त पूजामा अन्दाजी ५०० घर धुरी उपस्थित भएको स्थानिय समाजसेवी साधुराम सापकोटा बताउनुहुन्छ । कुल पूजाको लागि कतिपय ललितपुर जिल्लाको विकट चन्दनपुर देखी कच्चीबाटो काभ्रेको च्याम्राडवेशी ढुड्खर्क हुदै पनौती आईपुगेका थिए ।कुल पूजाले हरेक क्षेत्रमा उन्नती प्रगती हुनाको साथै टाढा पुगेका कुल कुटुम्ब भेट गराउनाको साथै भाईतारा सम्बन्ध कायम रहने धारणा उपस्थितले राखेका थिए ।
