रिपोर्टर – नेपाल न्युज लिंक
२ चैत,२०७८

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि सुचना निकालेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सुचना निकाली म्यादी प्रहरीमा भर्ना हुनका लागि जानकारी गराएको हो।
दर्खास्त दिनको लागि स्वयम् उपस्थित हुनु पर्ने,नेपाली नागरिक हुनुपर्ने,कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नदेखिएको,कुनै राजनैतिक दलको सदस्य नरहेको,साधारण लेखपढ गर्न जान्ने,उमेरको हदमा दरखास्त फाराम दर्ता गर्ने अन्तिम म्याद सम्म १८ वर्षा पुरा भै ४५ बर्ष ननाघेको हुनुपर्ने र २०७८।१२।६ गते देखि २०७८।१२।११ गते सम्म बिहान १०.०० बजेदेखि १७.०० बजेसम्म ( बिदाको दिन बाहेक ) ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने जनाएको छ।म्यादी प्रहरीको कार्य दिन ४० को हुने,जम्मा तलब ३०,२४०।-,खाद्यान्न बापत ७,२००।-,पोशाक तथा अन्य सामान खरीद ६,०००।-,खटिएको ठाउमा आउन जान तयारी १,०००।- उपलब्ध गराउने साथै बीमा लगाएतका अन्य सुबिधा नेपाल सरकारले तोके बमोजिम हुने पनि जनाइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *