रिपोर्टर- नेपाल न्युज लिंक
७ चैत,२०७८
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको जनाएको छ।
निर्वाचन तालिका अनुसार २०७९ बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, १२ गते सूची प्रकाशन गर्ने, १३ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र जाच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते नामावली प्रकाशन गर्ने, १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने, यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने र बैशाख ३० गते मतदान कार्य हुनेछ।
निर्वाचन प्रयोजनका लागि आयोगले २०७८।१२।१५ देखि संचालन गर्न लागेको कल सेन्टरका लागि ११०२ नम्बरको टोल फ्री नम्बर प्राप्त भएको जसमा मतदाता,आम नागरिक तथा सरोकारवालाले आफ्ना गुनासा,जिज्ञासा र प्रश्न राख्न सकिने,आयोग परिसरबाट अबलोकन गर्ने गरी मतगणना स्थलमा मतगणना स्थल दृश्य अबलोकन प्रणाली जडान गर्न स्थानिय तहलाई अनुरोध गरेको,साथै निर्वाचन सुरक्षा (ब्यबस्थापन निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि आयोगले जनाएको छ।
मतदान कार्यमा प्रयोग हुने मतपत्रको रंग परिबर्तन गर्ने निर्णय भए देखि नै प्रमुख प्रतिपक्षी दल ने.क.पा. एमाले निर्वाचन तालिका समेतमा बिरोध गर्दै आएको छ भने कुनै दलहरु चुनाबमा भाग नलिने मनस्थितिमा देखिएका छन्। सानातिना मतभेदलाई बिर्सेर देशको विकाशको जग स्थानिय तह भएकोले सबै पक्ष मिलेर सक्षम नेतृत्व स्थानिय तहलाई दिलाउनु पर्ने धारणा बुद्धिजीवी तथा सर्बसाधारणको रहेको छ।
