रिपोर्टर – नेपाल न्युज लिंक
२१ बैशाख २०७९
काभ्रेको चौरी देउराली गाउँपालिका अन्तर्गत पोखरी चौरीमा आज गठबन्धन दलहरुको तर्फबाट आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनाबी सभा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रेणुका चौलागाईं,उपाध्यक्ष पदका उम्मेदवार शेर बहादुर लामा गाउँ पालिका अध्यक्ष दिन नाथ गौतम लगायत गठबन्धन दलका नेता सहभागि उक्त कार्यक्रममा नेताहरुले देशमा स्थापित लोकतन्त्रको रक्षाका गर्न र प्रतिगामीलाई परस्त गर्न गठबन्धन भएकोले सबै पार्टीले इमान्दारी पूर्बक गठबन्धन बाट खड़ा भएका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अनुरोध गरेका छन् । सबै दलको तर्फबाट गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने, नगरेमा आ-आफ्नो दलले कारवाही गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
गाउँमा शान्ति सुरक्षा,सामुदायिक विद्यालयको हालको गाउँका गरीब जनताका छोरा छोरीका लागि मात्र तयार गरिएको शैक्षिक पाठ्यक्रममा सुधार गरी शहरका प्राइभेट बिद्यालयका बिद्यार्थी संग प्रतिस्पर्धा गर्न सक्ने पाठ्यक्रम अनुसार योग्य शिक्षक न्युक्ति गरी बालबालिकालाई गाउँमा नै पढ्ने बातावरण तयार गर्नुपर्ने,बिरामीको उपचारको व्यवस्था,कृषि औजार,बिउबिजन,मलखाद किटनासक औषधीको सुलभ उपलब्धता अनि किसानले उत्पादन गरेका खाद्य सामग्री तरकारी, दूध, फलफूल आदि खरिद गरिदिने व्यवस्था गरी आफ्नो गाउँ घरमा बसी जीवनयापन गर्न सक्ने बातावरण आबश्यक रहेको त्यस भेगका जनताले बताएका छन् ।
