रिपोर्टर – नेपाल न्युज लिंक
११ जेष्ठ,२०७९
काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले आफ्नो विजय सुनिश्चित गरेका छन्।

मतगणना स्थल सभा गृह बाहिर राखिएको मत परिणाम जानकारी गराउने स्क्रीन
आज साँझ सम्मको मत गणना अनुसार काठमाण्डौ महानगरपालिकाको स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ( बालेन)ले ५७ हजार १५५ मत ल्याएका छन् भने दोश्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३६ हजार १ सय ६३ मत ल्याएकी छन्। उप – मेयरमा एमालेकी सुनिता डंगोलले ५१ हजार २ सय ७ मत तथा प्रतिद्वन्दी नेकपा समाजवादिका रामेश्वर श्रेष्ठले १७ हजार ३ सय ४८ मत पाएका छन्। भोली बिहान सम्म अन्तिम मत परिणाम आउने बिश्वास गरिएको छ।

मतगणना स्थल सभा गृह बाहिर उपस्थित बालेन समर्थित जनसमुदाय
काठमाण्डौ महानगरको चुनावलाई विश्वभरका नेपालीले उत्सुकताका साथ हेरीरहेका छन्। काठमाडौँका मतदाता मात्र नभएर अन्यत्रका जनता समेत सबै उमेर समुहका हजारौ महिला,पुरुष बालेनको विजयको कामना तथा खुशियालीमा मत गणना स्थल राष्ट्रिय सभा गृह बाहिर सडकमा घाम पानी नभनी नेपालको राष्ट्रिय झन्डा बोकेर नारा लगाई रहेका देखिन्छन। छेउमा रहेको पानीको जार र पानी खाने जग बाट भोक प्यास मेटिरहेका देखिन्छन। उपस्थित समूह कसैले नेतृत्व गरेको नभई स्वस्फूर्त उपस्थित भएका देखिन्छन। बालेनले काठमान्डौको चुनाबमा पाएको मत परिणाम सम्बन्धमा उपस्थित केही व्यक्ति संग धारणा बुझ्न खोज्दा अधिकांसले ठेकदार ब्यापारी संग पैसा उठाई भोज भतेर गरेर चुनाब जित्ने प्रचलन,भ्रष्टाचारमा लिप्त राजनीनिक दलका सदस्य अनि तिनका झोलेहरुको विगतको क्रियाकलाप,स्वस्थ प्रतिस्पर्धा गर्न नसकी राजनैतिक दलको शरणमा परी तेक्का पट्टा हात लगाई राज्यको सम्पतिमा ब्रम्हलुट मच्चाई देश कंगाल बनाउन लागेको अबस्थामा आजित भएका हामी जनताको अहिलेको चुनाबमा हाम्रो तर्फ बाट बालेनलाई दिएको भोट “नो भोट” हो भनेका छन्।
मोरंग अनि काठमाडौँका जनताले दिएको मत राजनैतिक दलहरुको बिगतको गलत क्रियाकलापलाई सुधार्ने मौका अनि अन्यत्रका मतदातालाई पैसा, खसी ,रक्सीमा भुलाएर राज्यको सम्पति बाडीचुडी खाएर देश कंगाल बनाउने नेतृत्व होइन विकाश प्रेमी,निश्वार्थी,निष्कलंकित व्यक्ति छान्नु पर्ने कुराको शन्देश दिएको बुद्धिजिवीहरुको तर्क रहेको छ।
