
रिपोर्टर – नेपाल न्युज लिंक
२८ फागुन २०७८
शहीद गंगालाल हृदय रोग केन्द्रले हिजो बाट शल्यक्रिया बिना मुटुको कृतिम भल्ब प्रत्यारोपण (Transcather Aortic Valve Implantation) कार्यको सुरु गरेको बताएको छ।
हिजो शुक्रबार ट्वीटरमा प्रत्यारोपण गरेको भिडियो ट्विट गर्दै केन्द्रलेआफूले गरेको सफलता बारे जानकारी गराएको हो।
काठमाडौँको बासबारी स्थित बिगतको बस्बरी छाला जुत्ता कारखाना रहेको स्थानमा स्थापित यस केन्द्रले कार्डियोलोजी र हृदय शल्यक्रियाको क्षेत्रमा बिशेषज्ञ सेवा प्रदान गर्दछ। यसलाई मुटुरोग तथा हृदय शल्यक्रियाको राष्ट्रिय सन्दर्भ केन्द्रको रुपमा स्थापना भएको हो। नविनतम प्रविधिहरु संग सबै भन्दा राम्रो कार्डियाक सेवाहरु यहाँ उपलब्ध छन। यस केन्द्रमा आउने बिरामीको संख्या धेरै बढेका छन। उपचार राम्रो अनि भारत भन्दा रकम पनि कम लाग्ने भएकोले नेपाल बाहेक मित्र राष्ट्र भारत बाट आउने बिरामीको संख्या पनि अधिक रहेको छ। मुटु रोग उपचार गरेका बिरामीबाट अस्पतालको प्रशंसा भएको बुझिएको छ।
