रिपोर्टर – नेपाल न्युज लिंक
८ अषाढ,२०७९
पत्रकार रबि लामिछानेले मंगलवार काठमाडौँमा “राष्ट्रिय स्वतन्त्र पार्टी” घोषणा गरेका छन्।
काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा मंगलवार दिउसो एक कार्यक्रमको आयोजना गरी गरी लामिछानेले “राष्ट्रिय स्वतन्त्र पार्टी” घोषणा गरेका हुन् ।सो पार्टीमा २१ जना व्यक्तिहरु आफ्नो टीममा रहेको बताएका छन्। दल गठनको उद्घोष गरेर मंगल्वार्नै निर्वाचन आयोगमा दल दर्ताको लागि आवेदन दिएका छन्।
दर्जनौ राजनीतिक दल दर्ता भै केहि दल प्रति जनतामा बितृष्णा बढेको र केहि दल नामावलीमा सिमित रहेको हालकोअबस्थामा देशलाई असंलग्न पररास्ट्र नीति अबलम्बन गर्ने,देशलै आत्मा निर्भरको बाटोमा अग्रसर बनाउने,आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न विदेशी सहयोग लिने परम्पराको अन्त्य गर्ने,जनतामा भातृत्व को विकास गराई देश र जनताको सम्वृद्धिका लागि उक्त जनताको चाहना अनुसारको उद्धेश्य भएको राजनीतिक दल र अनि निष्कलंक नेतृत्व जनताको माग छ। मुलुकभरका जनताको विचमा पुगेर बृहद छलफल गरेर जनताको साथमा अगाडि बढ्नु पर्नेमा चुनाबको मुखमा आएर हतारमा निर्माण गरिएको उक्त पार्टी प्रति पनि जनतामा आशंका रहेको बुझिएको छ।
