रिपोर्टर – नेपाल न्युज लिंक
१७ आषाढ,२०७९
निर्वाचन आयोगले निर्वाचन ब्यबस्थापन प्रक्रियालाई छरितो,सुरक्षित तथा स्वच्छ बनाउन भन्दै आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विधुतीय मतदान यन्त्र प्रयोगमा ल्याउने भन्दै मतदान यन्त्र सरकारसंग माग गरेको कुरा बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ।
बि.सं.२०६४ सालको संविधान सभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरुमा Electronic Voting Machine (EVM) को प्रयोग गरेको साथै बि.सं.२०७१ सालको संबिधान सभा उप निर्वाचनमा पनि ५ वटा निर्वाचन क्षेत्रहरुमा प्रयोग गरिएको जनाउदै आयोगले निर्वाचन ब्यबस्थापन प्रक्रियालाई छरितो,सुरक्षित तथा स्वच्छ बनाउन भन्दै आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विधुतीय मतदान यन्त्र प्रयोग गर्न सरकारसंग उक्त यन्त्रहरु माग गरेको बताएको छ। स्वदेशमा उत्पादन हुने यन्त्र उपलब्ध हुन नसकेमा अन्य देशमा निर्मित २०७९ श्रावन मसान्त सम्म आयोगमा उपलब्ध हुने गरी उपलब्ध गरिदिन गृह मन्त्रालय मार्फत लेखी पठाएको समेत विज्ञप्तिमा उल्लेख छ।
देशमा विलासिताका विदेशी सामानको आयात बढ्न गई मुलुक चलाउन गाह्रो बन्दै गैरहेको सन्दर्भमा निर्वाचन प्रयोजनका लागि भन्दै विदेशी यन्त्रको आयात गर्नु उचित होइन,जनता भोकमरीमा पर्न लागेको बेला कृषिका लागि मल, बिउ ल्याउन पहल गर्नुको सट्टा यस्ता यन्त्र लगायत सबैखाले विलासिताका सामान हाल आयात गर्नु नहुने जनधारणा रहेको छ।
