रिपोर्टर – नेपाल न्युज लिंक
श्रावन २१,२०७९
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रयोजनका लागि आज दल दर्ता सम्बन्धमा सूचना प्रकाशित गरेको छ।
आयोगले मिति २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिनका लागि भन्दै श्रावन १९ गते सम्म दर्ता भएका राजनीतिक दलहरुलाई श्रावन २२ गते देखि श्रावन ३१ गते सम्म दल दर्ता गर्न समय सिमा तोकेको हो। विदाको दिन समेत दल दर्ताको लागि कार्यालय खुल्ला रहने पनि जनाइएको छ।
