रिपोर्टर – नेपाल न्युज लिंक
भाद्र ३०,२०७९

काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थान स्थित ढुंगाखानीमा गए राती गएको पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ।

ढुंगाखानी संचालन भएको उक्त स्थानमा बुधवार राती २ बजेको समयमा गएको पहिरोले घर पुरिदा उक्त घटना भएको हो । काभ्रे प्रहरीका अनुसार घटनामा ४४ बर्षीय निरबहादुर तमाङ, ४० बर्षीय साबित्री तमाङ र ६५ बर्षीय ठुली माया तमाङको मृत्यु भएको छ । बस्ती नजिक गरिएको प्राकृतिक दोहनले निम्त्याएको यस दु:खद घटनाले सबैको ध्यान केन्द्रित गरेको छ। शक्तिको आडमा प्राकृतिक दोहन गरी कमाउने वर्गले अनि आर्थिक लाभ लिई स्वीकृति दिने सबै पक्षले यस घटनाको जिम्मा लिनुपर्ने भन्दै सामाजिक संजाल समेतवाट आवाज उठिरहेको छ। असारे वजेट मार्फत विकाशका नाममा काल्ला भत्काएर बस्ती जोखिममा पार्ने लगायत यस प्रकारले अध्ययन विना ढुंगा खानी संचालन गर्ने दिने कार्य अबिलम्ब रोकिनुपर्ने स्वीकृति दिएकाको हकमा छानविन हुनुपर्ने जनआवाज रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *