रिपोर्टर – नेपाल न्युज लिंक
श्रावन २९,२०७९

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका प्रभावितले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने भन्दै आज पत्रकार सम्मेलन गरेर तत्काललाई आफ्नोआन्दोलन स्थगितको घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल भृकुटी मण्डपमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समिति नामको आन्दोलनरत पक्षले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायका विषयमा प्रतिवेदन तयार पार्न तीन महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।सरकारले शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदनअनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले बत्ताए । ढुंगानालेआगामी तीन महिनासम्म सम्पुर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिहरुले आफ्नो आन्दोलन रोकेर प्राविधिक टोलीलाई सहयोग गर्ने ,काठमाडौं महानगरको काम र भूमिकालाई हेरेर आफुहरुको गतिविधि बढाइने स्पष्ट पारे । उनले त्यहाँका उद्योग, बस्तीलाई स्थानान्तरण गर्ने स्थायी समाधानका विकल्प नभएसम्म, महानगरपालिकाको व्यवस्थापनको रणनीति हेरेर फेरी गतिविधिहरुलाई अघि बढाउने पनि जानकारी दिए ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको स्थायी समाधान तर्फ लाग्न सरकार संग उपत्यकावासीको आग्रह रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *