रिपोर्टर – नेपाल न्युज लिंक
मंसीर ४,२०७९
आज भैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अधिराज्यभर शान्तिपूर्ण रुपमा आज विहान ७ बजेबाट संचालन भै विभिन्न कारणले रोकिएका बाहेक अन्य स्थानमा मतदान सम्पन्न पश्चात मत पेटिका बन्द गर्ने कार्य भैरहेको जानकारी प्राप्त भएको छ।
बिभिन्न कारणले केहि समयका लागि स्थगित भएका १५ मतदान केन्द्र मध्ये केहीमा मतदान पुन सुरु भएको तथा झन्डै ५० प्रतिशत भन्दा बढी मतदान भैसकेको अनुमान गरिएको छ।
दोलखा,मोरंग,चितवन,तनहु,सिराहा,बाजुरा लगायत १५ स्थानमा सामान्य बिबाद भै मतदान पुन संचालन गर्ने प्रयास भएको तथा अन्य स्थानको मतदान शान्तिपूर्ण रहेको बुझिएको छ।
काठमाडौँ उपत्यकामा मतदाताको उल्लेख्य सहभागिता रहे पनि जिल्लाहरुका गाउँका बस्तीहरुमा विगत स्थानिय निर्वाचन भन्दा कम मतदाताको चहलपहल देखिएकोले कम मत खस्ने अनुमान सर्बसाधारणले गरेका छन्। स्थानिय उम्मेदवार नभएका तथा गठवन्धन उम्मेदवार भएको स्थानमा दलको निष्क्रियता देखिएको साथै बिगत माओबादी द्वन्दबाट प्रभावित एरियामा सरकार र माओवादी दुबैको मारमा परी बिस्थापित हुन पुगेको संख्या अहिले पनि राज्य सत्ताको स्वाद स्थानिय सत्ताका नजिकका केहि व्यक्तिले मात्र उपभोग गर्न पाएको तथा सर्वसाधारण जनताको सम्बृद्धिका कुनै कार्यक्रम आउन नसकेको,जनताका छोराछोरीका लागि अहिलेको विश्वमा बिक्न नसक्ने सरकारी विद्यालयको पाठ्यक्रम,आफ्नो उत्पादनको बजारको ब्यबस्था,किनमेलका लागि बजारको अभाब,रोजगारी जस्ता कारणले जनता गाउँ छोडेर शहरमा जानु परेको काभ्रेका मिलन लामा बताउछन। लामा अगाडी बताउछन ” गाउँमा बस्ने गरेका छैनौ,तल लगाएको बर्षौ भएको घरमा गएर सबै व्यवस्था तुरुन्तै मिलाउन गारो छ,निर्वाचनको लागि मात्र जना नसकिएको हो,सरकारले यस्ता कुराहरुमा द्यान दिए मलाइत गाउँ नै रमाइलो लाग्छ,मा जस्ता धेरै यस्तै समस्याले गर्दा आउन नसकेर चुनाबमा भाग लिन आउन नसकेका हुन्।”
मतदान सम्पन्न पश्चात मत पेटिका सुरक्षित ढुवानीको ब्यबस्था मिलाइएको तथा मत पेटिका जम्मा भैसकेका जिल्लाहरुको मत गणनाको कार्य आज बेलुका ८ बजेबाट शुरु गरिने पनि निर्वाचन आयोगले जनाएको छ।
