नेपाल न्युज लिंक
१२ मंसिर, २०७९

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहुसंख्यक स्थानको नतिजा सार्बजनिक भएको छ,जसमा नेपाली कांग्रेस पार्टीले बढी सीट जित हासिल गरेको छ,विभन्न कारण बिबादित तथा पुन निर्वाचन हुने बाहेक अन्य स्थानको निर्वाचन आयोगले निर्वाचन नतिजा सर्वाजनिक गरिरहेको छ ।
निर्वाचित हुने २७५ जना प्रतिनिधि सभाका सदस्य मध्ये १६५ प्रत्यक्ष तथा ११० समानुपातिक बाट निर्वाचित हुने व्यवस्था रहेको छ। हालसम्मको परिणाममा नेपाली काँग्रेस ५३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४२,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १७,नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) १०,जनता समाजवादी पार्टी नेपाल ७,राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४,नागरिक उन्मुक्ति पार्टी २,राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, स्वतन्त्रले ५ स्थानमा विजय हासिल गरेका छन्। प्रतिनिधि सभाको समानुपातिक मतमा तर्फ नेपाली काँग्रेस २४,१२,९४४,नेकपा एमाले २५,४८,४४७ ,नेकपा मा.के.१०,७७,७४६,नेकपा (एकिकृत समाजबादी) २,५४,६६१,रा.प्र.पा.५,४६,४५८राष्ट्रिय स्वतन्त्र पार्टी १०,६५,४९९ ,अन्यले १७,९६,११२ मत प्राप्त गरेका छन्।

प्रदेश तर्फ नेपाली काँग्रेस १०५,नेकपा एमाले ८८,नेकपा मा.के.५३,नेकपा (एकिकृत समाजबादी)१४,रा.प्र.पा.११,अन्यले ४३ स्थानमा विजय हासिल गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *